66
बुटवल। जेन-जीकाे आन्दाेलन र त्यसपछि उत्पन्न असहज परिस्थिका बिच बुटवलमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् ।
बुटवलकाे मिलनचाेकमा गरिएकाे प्रदर्शनमा नारावाजी सहित राष्ट्रपति रामचन्द्र पाैडेललाई सार्वजनिक गर्न माग गरेका छन् ।
सानाे संख्यामा रहेका युवा विद्यार्थीकाे समुहले संवैधानिक सर्वाेच्चता कायम गर, राष्ट्रपतिलाई सार्वजनिक गर, संविधान मास्न पाईदैन, सैनिक शासन चाहिँदैन, वैदेशिक हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाएका थिए ।