बुबा र हजुर बुबा सरहका नेताले काम नगरेपछि आन्दोलन भयो- सुदन गुरुङ

by समतल अनलाइन
45Shares

काठमाडौँ । जेनजी आन्दोलनको नेतृत्व गरेको एक समुह हामी नेपालीका अध्यक्ष सुदन गुरुङ पत्रकार सम्मेलनमा भावुक बनेका छन् ।

पत्रकार सम्मेलनमा भावुक बनेका गुरुङले आफ्नो चाहना देश बनाउने मात्र भएको तर अहिले राजनीति भएकोमा दुख व्यक्त गरेका छन् । उनले आन्दोलन सफल भएकोमा समेत खुशी व्यक्त गरेका छन् । गुरुङले मिडियालाई पनि दुखमा परेका मान्छेको समाचारलाई प्राथमिकता दिन अनुरोध गरेका छन् ।

गुरुङले राजनीतिक दलले जेनजीको आन्दोलनलाई समर्थन नगरेकोमा आश्चर्य व्यक्त गरे । उनले देशमा राम्रो काम गरेमा अन्तर्राष्ट्रिय समुदायले इज्जत गर्ने भन्दै यो परिवर्तन दलहरुको पनि भएको बताएका छन् । उनले टिकट बेच्ने प्रवृतिको अन्त्य किन नगरेको भन्दै बुबा र हजुर बुबा सरहका नेताहरुले देशको लागि काम गर्न नसकेकोले अहिले यो आन्दोलन भएको बताए ।

उनले आफु अहिलेसम्म कुनै दलको सदस्यता नलिएको र आफु केवल सामान्य भोलीयन्टर भएको स्पष्ट गरे ।

You may also like