67
काठमाडौँ ।अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेन-जी युवाहरूबीच कुटाकुट भएको छ। मुख्यालय अगाडिको सडकमा जेन-जीका दुई समूहबीच हानाहान भएको हो ।
त्यहाँ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबावजीसहित पुगेको थियो ।
अर्कातिर काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन् । उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो ।
अहिले सैनिक मुख्यालय अगाडिको सडक क्षेत्र दुई पक्षको कुटाकुटले तनावग्रस्त बनेको छ।