काठमाडौं । जेनजीहरुको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।आन्दोलनका क्रममा घाईते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार आन्दोलनमा १ हजार ३३ जना घाईते भएका थिए ।
घाईते मध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ । सवैभन्दा धेरै ४ सय ३६ जना घाईतेहरु ल्याइएको सिभिल अस्पतालबाट ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन भने ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै १ सय ६१ जना ल्याइएको टमा सेण्टरमा ५८ जना उपचाररत रहेका छन ८ जनाको मकृत्यु भइसकेको छ । उता भेरी अस्पताल नेपालगञजमा २८ जना उपचारका लागि आएकोमा ५ जनाको मृत्यु भएको छ । घाइतेहरु ल्याइएका अन्य अस्पतालहरु बिपी प्रतिष्ठानमा २, फनटलाइन अस्पतालमा ३, टिचिङमा १, केएमसीमा २ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार विभिन्न २८ वटा अस्पतालमा उपचार भइरहेको छ ।