कपिलवस्तुका कारागारबाट ४ सय ३० कैदीबन्दी भागे, ६६ जना पक्राउ

by समतल अनलाइन
245Shares

सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु कारागारमा आगजनी गरी कैदीबन्दी भागेका छन्। बुधबार बिहान साढे ६ बजेतिर उनीहरु भागेका हुन्।

कारागारको दुई वटा ब्लकबाट ४ सय ५९ कैदीबन्दी भागेका थिए। कारागारबाट भागेपछि उनीहरु कपिलवस्तु जिल्ला अदालत पुगेर आगजनी समेत गरेका थिए। कैदीबन्दी भाग्दा भाग्दै २९ जना पक्राउ परेका थिए। यस्तै ६५ जना बजारका विभिन्न ठाउँबाट र एक जना नख्खु कारगारबाट भागकालाई गरी ६६ जनालाई पक्राउ गरिएको प्रजिअ दिलकुमार तामाङले बताए।

भागेका कैदी फक्राउ गर्ने क्रममा कपिलवस्तु नगरपालिका, वडा नं. ३ चौबिस हजार पुलमा एक राउण्ड हवाईफायर पनि गरिएको थियो। यस्तै भागका कैदीबन्दी मध्ये ८ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी भारतीय जेलमा चलान गरेको प्रजिअ तामाङले बताए। भागेकालाई पक्राउ गर्न प्रहरीले खोज तालास बढाएको छ। उता भागेका कैदीबन्दीले कपिवलस्तु अदालतको काजागत जलाएका छन्।

अदालतको फाट नम्बर १ र ३, श्रेस्तेदार तथा लेखा फाट मा रहेको कागजात र सामान नष्ट भएको अदालत प्रशासनले जनाएको छ। अभिलेख र कोठा नम्बर ४ मा सामान्य क्षति भएको थियो। सुरक्षा स्थितलाई नियन्त्रणमा लिन कपिलवस्तुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली परिचालन गरिएको प्रजिअ तथा जिल्ला सुरक्षा समितिका संयोजक तामाङले बताए।

You may also like

This will close in 0 seconds