काठमाडौँमा जेनजी आन्दोलन : १०७ जना पक्राउ

by समतल अनलाइन
64Shares

काठमाडौँ । भ्रष्टाचार लगायतका विषयविरुद्ध ‘जेनजी’ पुस्ताका युवाहरूले सोमबार राजधानीमा गरेको आन्दोलन हिंसात्मक मोड लिँदा १०७ जना पक्राउ परेका छन्।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनाल**का अनुसार पक्राउ परेकाहरूमध्ये केहीलाई बानेश्वर र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।

प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने एक सयभन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

You may also like