60
काठमाडौं । ‘जेनजी’ पुस्ताले राजधानीमा गरेको भ्रष्टाचारविरोधी प्रदर्शन हिंसात्मक मोड लिँदा एक दर्जनभन्दा बढी युवाको ज्यान गएपछि अभिनेता राजेश हमालले गहिरो पीडा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक भावुक पोस्ट लेख्दै उनले नेपालप्रति गर्व गर्नुपर्ने बेला उल्टै लज्जित महसुस गर्नुपरेको बताएका छन्।
हमालले भनेका छन्, “हामी एक राष्ट्रका रूपमा आफ्ना युवालाई आशालाग्दो भविष्य दिन असफल भएका मात्र छैनौँ, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौँ।”
उनले उक्त दिनलाई नेपालको इतिहासकै सबैभन्दा पीडादायी दिनको रूपमा स्मरण गर्दै *“नेपाली भएकोमा यति धेरै लाज मैले कहिल्यै महसुस गरेको थिइनँ”* भन्दै निराशा व्यक्त गरेका छन्। हमालले आफू हाल विदेश यात्रा गर्दै गरेको जानकारीसमेत दिए।