64
बुटवल । सोमबार बुटवलमा भएको जेनजी आन्दोलनका कारण मंगलबार उपमहानगरपालिकाभित्रका सबै विद्यालय एक दिनका लागि बन्द हुने भएका छन्।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सोमबार साँझ सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई मङ्गलबार बिदा दिने निर्णय गरेको जानकारी दिएका छन्।
नगर प्रमुख पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “वर्तमान विशेष परिस्थितिका कारण बुटवलस्थित सम्पूर्ण विद्यालयहरूमा विदा गरिएको व्यहोरा अनुरोध छ।”
सोमबार बुटवलमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न गतिविधि भएका थिए। त्यसैको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सुरक्षा र शान्तिपूर्ण वातावरण कायम गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।