गृहमन्त्री रमेश लेखकले राजीनामा दिने

by समतल अनलाइन
59Shares

काठमाडौँ । जेन-जीको प्रदर्शनमा अत्यधिक दमनका कारण विवादमा परेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन् ।

सोमबार साँझ आकस्मिक बैठकमा गृहमन्त्री लेखक स्वयंले नैतिकताको आधारमा राजीनामा दिने बताएका नेपाली कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् ।

पदाधिकारी बैठकमा लेखकले ‘ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ बताएको ती नेताले बताएका छन् ।

You may also like