60
काठमाडौं । सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र देशमा फैलिएको भ्रष्टाचारविरुद्ध उठेको जेन जी पुस्ताको आन्दोलनमा व्यापक दमन भएको छ। प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ४० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीका अनुसार करिब ४० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो।
जेन जी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, र नेताहरू तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनका क्रममा काठमाडौंमा १८ र इटहरीमा २ जनाको ज्यान गएर मृत्यु हुनेको संख्या २० पुगेको छ।