उम्मेदवार छनौट गर्न कांग्रेसको बैठक बस्दै

by समतल अनलाइन
212Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक रुपन्देही र मनाङमा हुने उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

आगामी कात्तिक १७ गते रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य तथा मनाङ ख मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ।

रुपन्देही–३ मा यसअघि राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन र मनाङ खबाट निर्वाचित प्रदेश सांसद राजीव गुरुङ भनिने दीपक मनाङे कारागार चलान भएपछि यी स्थान रिक्त छन्।

त्यसमा पदपुर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो।

You may also like

This will close in 0 seconds