58
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ।
बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक रुपन्देही र मनाङमा हुने उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
आगामी कात्तिक १७ गते रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य तथा मनाङ ख मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ।
रुपन्देही–३ मा यसअघि राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन र मनाङ खबाट निर्वाचित प्रदेश सांसद राजीव गुरुङ भनिने दीपक मनाङे कारागार चलान भएपछि यी स्थान रिक्त छन्।
त्यसमा पदपुर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो।