सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले सुरू गरे ‘वेक अप नेपाल’

by समतल अनलाइन
50Shares

काठमाडौँ।सरकारले सामाजिक सञ्जालको प्रयोगमा लगाएको प्रतिबन्धसँगै जेनजी पुस्तामा व्यापक असन्तोष फैलिएको छ। सामाजिक सञ्जालमा व्यक्त हुने अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पारेको भन्दै सरकारी कदमविरुद्ध क्याम्पेन सुरु गरेका छन् ।

सरकाले शुक्रबार फेसबुक, युट्युब २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि उनीहरू विचार र अभिव्यक्तिका स्वतन्त्रता र अधिकारको हनन भएको जेनजी पुस्ताले #WakeUpNepal नामक क्याम्पेन शुरु गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो विचार प्रकट गर्दै आएकोमा प्रतिबन्ध लगाएर सामाजिक सञ्जाललाई प्रतिबन्ध गरेको देखाउने तर जनतालाई तर्साउने काम गरेको उनीहरूको दाबी छ । सामाजिक सञ्जाललाई देखाएर जनताको मुख थुन्ने काम गरिएको हुँदा क्याम्पेन चलाइएको उल्लेख गरेका छन् ।

यस क्याम्पेनले नेपालमा डिजिटल प्लेटफर्मको आवश्यकता र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न माग उठाएको छ । जेनजी पुस्ताको क्यामपेनको समर्थन गर्दै रुटिन अफ नेपालका सञ्चालक भिक्टर पौडेलले समर्थन गर्दै प्रतिबन्ध सरकारले तत्काल फिर्ता नगरेमा उनीहरू सडकमा आउनसक्ने आँकलन गरेका छन् ।

पछिल्लो समय धेरै युवाहरूको व्यावसाय नै सामाजिक सञ्जाल थियो । सरकारको कदमले कन्टेन्ट क्रियटरहरुको काम ठप्प भएको छ । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा देश र समाजलाई पर्ने घाटा कति छ, त्यसको आकलन हुन जरूरी थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा ९ महिनामा फेसबुक र युट्युबजस्ता प्लेटफर्महरूबाट २ अर्ब ५३ करोडको आम्दानी भएको थियो ।

सामाजिक सञ्जाल बन्द गर्दाको घाटा हेर्न टिकटक प्रतिबन्धको घाटा हेर्नुपर्छ । त्यतिबेला ब्यान्डविथ आयात बढ्दा मुलुकले एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी गुमाउनु परेको थियो भने डेटा खपत घट्दा टेलिकम र इन्टरनेटक कम्पनीलाई करिब ५ अर्ब घाटा भएको थियो ।

सामाजिक सञ्जालमा व्यक्तिको विचार राख्न स्वतन्त्रताको माग गर्दै सरकारले प्रतिबन्ध तत्काल फुकुवाको माग गर्दै जेनजी पुस्त सशक्त लागेका छन् । सरकारले पुनर्विचार गर्नुपर्ने उनीहरूको माग छ ।

You may also like