काठमाडौं हत्तिगाउँमा ‘एन्जल हेल्थ केयर होम सञ्चालन

वरिष्ठ नागरिकदेखि दीर्घ रोगीसम्मका लागि समग्र सेवा

by समतल अनलाइन
40Shares

काठमाडौं । बढ्दो शहरीकरण, व्यस्त जीवनशैली र स्वास्थ्य चुनौतीका कारण पछिल्ला वर्षमा केयर होम र हेल्थ केयर सेवाको माग तीव्र रुपमा बढ्दै गएको छ । यसै क्रममा काठमाडौंको हत्तिगाउँमा ‘एन्जल हेल्थ केयर होम’ सञ्चालनमा आएको छ । यस संस्थाले विशेषगरी वरिष्ठ नागरिक, शारीरिक असक्तता भएका व्यक्ति, दीर्घ रोगी, शल्यक्रियापछि पुनःस्थापना आवश्यक हुने बिरामी, मातृत्वपश्चात देखभाल चाहिने आमा लगायतका लागि घरमै वा होम केयर सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाका अध्यक्ष सुधिर खड्काका अनुसार पारिवारिक कारण र समयको अभावका कारण धेरै परिवारका सदस्यहरूले वृद्धवृद्धा र दीर्घ रोगीलाई निरन्तर हेरचाह गर्न सक्ने अवस्था नहुँदा यस्तो सुविधा आवश्यक भएको हो । उनले भने, “हाम्रो उद्देश्य केवल देखभाल मात्र होइन, उपचारपश्चातको जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्‍याउनु हो ।

एन्जल हेल्थ केयरले उपलब्ध गराउने सेवामध्ये प्रमुखमा बृद्ध आवास गृह, घरमै पुगेर दिने सेवा, छोटो अवधिका लागि दिवा हेरचाह, अस्पतालबाट डिस्चार्ज भएपछि आवश्यक पर्ने पुनःस्थापना सहयोग, अल्जाइमर्स तथा डिमेन्सियाग्रस्त बिरामीको विशेष देखभाल, स्पिच थेरापी र फिजियोथेरापी, मेडिकल एस्कोर्ट सेवा, खाना निल्न नसक्ने बिरामीका लागि ट्युब फिडिङ सुविधा, मधुमेह, मुटु, मृगौला जस्ता दीर्घ रोगीका लागि निरन्तर देखभाल, स्नायु, हड्डी–जोर्नी तथा मुटु रोगीका लागि पुनःस्थापना सहयोग र मातृत्वपश्चात आमा र शिशुको देखभाल जस्ता सेवाहरु रहेका छन् ।

सेवामा सहजता ल्याउन र गुणस्तर कायम राख्न २४ घण्टा नर्सिङ सुविधा, दैनिक डाक्टर भिजिट, इन–हाउस फिजियोथेरापी र स्पिच थेरापी, आधुनिक तथा स्वच्छ बसोबास, पारिवारिक वातावरणमा दीर्घकालीन हेरचाहका व्यवस्था गरिएको छ । हत्तिगाउँ–६ नयाँ बस्ती, गणेशचोकमा अवस्थित यो केन्द्रमा आधुनिक कोठा, सफा वातावरण र आत्मीय व्यवहारसहितको सेवा सुविधा दिइने गरिएको छ । चिकित्सक, नर्स, काउन्सिलर तथा सहयोगी कर्मचारीमार्फत निरन्तर सेवा उपलब्ध हुने भएकाले बिरामी र वृद्धवृद्धाले सुरक्षित वातावरणमा बस्न सक्ने व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार, “हाम्रो केन्द्रमा आउने वृद्धवृद्धा वा बिरामीलाई आफ्नै परिवारका सदस्यझैँ माया र ममतासहित हेरचाह गर्नु नै हाम्रो प्रमुख लक्ष्य हो, जसले उनीहरूको स्वास्थ्य मात्र होइन मानसिक सन्तुलन र खुसीलाई पनि प्रवर्द्धन गर्नेछ ।”

You may also like