बुटवल। तीजलाई लक्षित गरि प्रदर्शनमा आएको नेपाली चलचित्र कोशेढुंगाले अहिले ब्यापक दर्शकको साथ् पाएको छ। फिल्मको वर्ड अफ माउथ पब्लिसिटीले प्रदर्शन भएको एक हप्ता पुरा हुन लाग्दा पनि उत्तिकै दर्शक पाएकोमा निर्देशक सरोज पौडेलले खुसि व्यक्त गरेका छन। काठमाडौँ देखि पश्चिम यात्रा सकेर पुर्व जान तयार फिल्म युनिट अहिले बुटवलमा रहेको छ। बिहिबार नेपालगंज(बाँके), दाङ्ग हुँदै बुटवल आएको फिल्म कोशेढुंगाको टिमले दर्शकको मायाको तारिफ गरेका छन।
बुटवलको आइएनआइ क्युबक्समा दर्शक भेट्न गएका कलाकार आर्यन सिग्देल, सुरक्षा पन्त, प्रेबिल कंडेल, निर्देशक सरोज पौडेल लगायतको टिमले दर्शकले दिएको मायाले आफुहरुलाई खुसी मिलेको बताएका छन।निर्देशक पौडेलले बुटवल लगायत पश्चिमका दर्शकले दिएको मायाले थप उर्जा मिलेको र फिल्मको राम्रो प्रतिक्रिया आएको बताएका छन।आम नेपाली जनताले देखेको र भोगेको विषयमा चलचित्र बनेकाले दर्शकले मन पराएको उनी सुनाउँछन् ।
दर्शकले घेरिएर तस्बीर खिचिरहेका कलाकार आर्यन सिग्देलले दर्शकको बीचबाट पुरानो माया फेरी फर्केर आएकोमा खुसी लागेको र फिल्मको कथाबस्तुले दर्शकको माया पाएको बताए। फिल्मका बारेमा आफुले मिठो र सकारात्मक प्रतिक्रिया पाएकोमा निकै खुसी लागेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन। दर्शकले फिल्म हेरेर आएपछि भावविह्वल भई अंगालेर रुदा सुरक्षा आफैमा भावविह्वल भएकी थिइन्। दर्शकको आँसुले दु:ख लागेपनि फिल्मले दर्शकको मन जितेको उनको भनाई छ।
अर्का कलाकार प्रेबिल कंडेलले आफुलाई कोशेढुंगाले दर्शकमाझ चिनाएको र यसले आफुलाई फिल्मियात्रामा अभिनय र आफ्नो चाहनाको कोशेढुंगा नै साबित गर्ने बताए। दर्शकले आफ्नो अभिनय मनपराएकोले अर्को फिल्ममा दर्शकको अझै माया पाउने र आफ़ो करिअरमा थप कोशेढुंगाले थप इट्टा थपेको बताए। फिल्म युनिट बुटवलमा शुक्रबार समेत दर्शक भेट्ने, कलेज तथा हल भिजिट गर्दै पोखरा जाने तयारीमा छ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्तसँगै प्रेविल कँडेल, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहेको छ ।चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् ।यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ भने काठमाडौंमा पनि सेट लगाएर यो सिनेमाको छायांकन गरिएको छ ।