56
काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएर नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार मेटाको सिंगापुरमा कार्यरत प्रतिनिधिले मन्त्रालयमा इमेलमार्फत सम्पर्क गरेको हो । मेटाका प्रतिनिधिले दर्ता तथा सूचीकरणका लागि के-के डकुमेन्ट चाहिन्छ भनेर जानकारी मागेपछि मन्त्रालयले दर्ताका लागि आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेको जनाएको छ ।