एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिज सिरिजको मिति परिवर्तन

by समतल अनलाइन
45Shares

काठमाडौं।एसिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिजबीचको टी-२० सिरिजको मिति परिवर्तन भएको छ।

यूएईमा हुने प्रतियोगिताको बीचमा एसिया कपको फाइनल परेपछि खेलको मिति सामान्य परिवर्तन भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

यसअघि असोज ११, १२ र १४ गतेका लागि तय भएको नेपाल र वेष्ट इन्डिजको खेल अब असोज ११, १३ र १४ गते हुनेछ।

एसिया कपको फाइनल यूएईमै असोज १२ अर्थात् सेप्टेम्बर २८ मा हुँदैछ।

You may also like