72
काठमाडौँ । राप्रपा नेपालबाट रुपन्देही–३ को उपनिर्वाचनमा अर्जुन थापा ‘कालू’ उम्मेदवार सिफारिस भएका छन् ।
जिल्ला समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी बिकास क्षेत्र समन्वय समितिले थापालाई उम्मेदवारको रुपमा केन्द्रमा एकल सिफारिस गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
राप्रपा नेपालले आफ्नो उम्मेदवार टुंगाउने प्रकृया गरिरहेका बेला राप्रपाले भने प्रारम्भिक निर्वाचन गरेर उम्मेदार टुंगो लगाउने निर्णय गरेको छ ।
त्यस्तै रास्वपाले भने रुपन्देही-३ बाट डा’ लेखजंग थापालाई उम्मेदवार छानिसकेको छ ।