62
बुटवल। श्रीमतीको हत्या गरेको अभियोगमा अर्घाखाँची प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर मल्लका अनुसार एक साताअघि ३४ वर्षीया सुमित्रा गुरुङको हत्या गरेर शव घरको भान्साकोठामै गाडिएको अवस्थामा फेला परेको हो। छोरी हराएको भन्दै परिवारले प्रहरीमा दिएको जाहेरीपछि अनुसन्धान गर्दा शव भेटिएको प्रहरीले जनाएको छ।
घरायसी विवादका कारण आवेशमा हत्या गरेको अभियुक्तले प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरी उपरीक्षक मल्लले बताए। अभियुक्त गुरुङ प्युठानको नौबहिनी गाउँपालिका–१ स्थायी बासिन्दा हुन्।