63
बुटवल।लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलवानको निधनप्रति श्रद्धाञ्जलीस्वरूप आज रुपन्देही जिल्लाभर शोक विदा दिइएको छ।
जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीले जारी गरेको सूचनाअनुसार जिल्लाभित्रका सबै स्थानीय तहका कार्यालय, शैक्षिक संस्था तथा गैरसरकारी संस्थाहरू आज बन्द रहनेछन्। साथै सबै कार्यालय र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था गरिएको छ।
गत शनिवार हृदयघातका कारण नगर प्रमुख मुसलवानको निधन भएको थियो।