रुपन्देहीमा भोलि नगर प्रमुख मुसलवानको निधनका कारण शोक विदा

by समतल अनलाइन
64Shares

बुटवल । मंगलवार (भोलि) रुपन्देहीमा शोक विदा हुने भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलवानको निधनको शोकमा जिल्ला समन्वय समितिले शोक विदा दिएको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीद्वारा जारी सूचनामा जिल्लाका सबै स्थानीय तह, विद्यालय र गैरसरकारी संस्थाका कार्यालयमा शोक विदा दिने उल्लेख छ ।

सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

नगर प्रमुख मुसलवानको शनिवार हृदयघात भइ निधन भएको थियो ।

You may also like