काठमाडौं । सरकारका प्रवक्त समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको १३ गतेका निर्णय सार्वजनिक गरेका छन् । शुक्रबारको बैठकका निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि चालू आवका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
सरकारले विशेष अदालतको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ । न्याय परिषद्को रायमा उनीहरुलाई सरकारले नियुक्त गरेको हो । यसअघिका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएपछि भट्टलाई अध्यक्ष बनाइएको हो ।
त्यस्तै सदस्यहरूमा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने निर्णय गरेको हो ।
हेर्नुस् निर्णयहरू