रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनमा पदहस्तान्तरण, अध्यक्षमा आबिष्कार खनाल

by समतल अनलाइन
64Shares

बुटवल।रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २३औं पदस्थापन तथा पदहस्तान्तरण समारोह सम्पन्न भएको छ । बुटवल स्थित आम्रपालि कटेजमा सम्पन्न उक्त कार्यक्रममा बर्ष २०२४-२५ का अध्यक्ष डिल्लीराज ढकालले आफ्नो अध्यक्ष पदको जिम्मेवारी बर्ष २०२५-२६ का अध्यक्ष आबिष्कार खनाल लाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा न्युज २४ टेलिभिजनका न्युज एडिटर तथा कार्यक्रम प्रस्तोता राजिब खत्री हुनु हुन्नथ्यो भने विशिष्ट अतिथिको रूपमा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का आइपीडीआरआर बिक्रम क्षेत्री ,विशेष अतिथिको रूपमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका पूर्व अध्यक्ष तथा रोटरि डाउनटाउन वर्ष २०२५-२६ का अध्यक्ष बाबुराम बन्जाडे र जोन १८ का जेडआरआर डा. आबिष्कार पराजुली उपस्थित हुनुहुन्थ्यो। समारोहमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका पूर्व अध्यक्षहरु, काउन्सिल अध्यक्ष , रोट्रयाक्ट डिस्ट्रिक्टका पदाधिकारीहरू, रोटरी डाउनटाउनका पूर्व अध्यक्ष एवं पदाधिकारीहरू, विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष तथा पदाधिकारीहरू, साथै थुप्रै विशिष्ट व्यक्तित्वहरू दुवै अध्यक्षका परिवार सदस्यहरू सगै आमन्त्रित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन अध्यक्ष डिल्लीराज ढकालले आफ्नो कार्यकालमा सहयोग गर्ने बोर्ड सदस्यहरु , क्लब सदस्यहरु , पूर्व अध्यक्षहरु तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गर्नुभयो।

पदभार ग्रहण पश्चात बर्ष २०२५-२६ का अध्यक्ष आबिष्कार खनालले १९ सदस्यीय नयाँ कार्यसमिति, ०९ सदस्यीय मेन्टर प्यानल घोषणा गर्दै क्लबका १२ सदस्य सगै ३५ जना नया सदस्यहरुलाई स्वागत गर्नुभयो।

सो अवसरमा उहाले आफ्नो बार्षिक कार्ययोजना सार्वजनिक सगै बर्ष २०२५-२६ को थीम, क्लब डायरी र क्लब टी–शर्ट पनि सार्वजनिक गरिएको थियो।

अवसर र रोजगारीको सम्भावनालाई नियाल्दै रोट्र्याक्ट क्लब अफ बुटवल डाउन टाउन र समृद्धि हेरड्रेसिङबीच महत्वपूर्ण समझदारी गरिएको थियो। समझदारी पत्रमा समृद्धि हेयर ड्रेसिङका संचालक मोहन ठाकुर र क्लबका अध्यक्ष आबिष्कार खनालले हस्ताक्षर गर्नुभएको थियो। समझदारी पत्र अनुसार यस वर्ष आर्थिक अवस्था कमजोर रहेका २ जना पुरुष र १ जना महिलालाई समृद्धि हेयर ड्रेसिङको तर्फबाट करिब ६ लाख रुपैयाँ बराबरको तालिम निशुल्क प्रदान गरिनेछ। तालिम प्राप्त गर्नेले तालिम पूरा गरेपछि रोजगारी ग्यारेन्टी पनि पाउनेछन भने क्लबका सदस्यहरूलाई हेयरकटमा १०% र अन्य सेवाहरूमा १५% छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथि र बिशेष अतिथिहरूले क्लबको सामाजिक उत्तरदायित्व, युवा नेतृत्व विकास र सामुदायिक सेवामा योगदानको उच्च प्रशंसा गर्नुभयो भने निवर्तमान अध्यक्ष ढकाललाई कार्यकाल सम्पन्नको बधाई सँगै वर्ष २५-२६ का अध्यक्ष खनाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
पद हस्तान्तरण तथा पदस्थापन समारोह क्लबको ३३४औं नियमित बैठकसँगै सम्पन्न भएको थियो।

कार्यक्रममा समारोह संयोजक तथा मनोनित अध्यक्ष महेस खनालको स्वागत मन्तव्य , उपाध्यक्ष रमेश पन्थीको धन्यवाद मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन वर्ष २४ -२५ कि सचिव मन्जुगिरी र २५-२६ का सचिव केशव पौडेलले गर्नुभएको थियो।

You may also like