डडेल्धुरामा भीरबाट जीप खस्दा चार जनाको मृत्यु

by समतल अनलाइन
69Shares

डडेल्धुरा । डडेल्धुरामा आज (बिहीबार) बिहान भीरबाट जीप खस्दा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडकमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र चार जनाको मृत्यु र चार जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए । उनका अनुसार उद्धार जारी छ ।

दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थल पुगेका छन् । घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइरहेको छ । मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ । कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

You may also like

This will close in 0 seconds