भोटेकोशी नदीमा बोलेरो खस्दा दुई जना बेपत्ता

by समतल अनलाइन
60Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार दिउँसो बोलेरो खस्दा दुई जना बेपत्ता भएका छन् ।

अरनिको राजमार्गको हिन्दीबाट दिउँसो करिब ४ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट करीब २० मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधीमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए ।

दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी हिन्दीका प्रमुख प्रहरी सहायक निरीक्षक नवराज नेपालको कमाण्डमा खटिएको टोलीसँगै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक सुमेस पाण्डेको नेतृत्वमा गएको टोलीले खोजीकार्य अगाडि बढाइरहेको छ ।

You may also like

This will close in 0 seconds