यी प्रदेशमा आज भारी वर्षा, हावाहुरीको पनि सम्भावना

by समतल अनलाइन
80Shares

काठमाडौं । नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै एवं कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज (सोमबार) देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

You may also like

This will close in 0 seconds