सूर्यदर्शन सहकारी ठगी : जीबी राईका जेठान बम्जन धरौटीमा रिहा

by समतल अनलाइन
80Shares

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन १० लाख धरौटीमा रिहा भएका छन् । आज –आइतबार) न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बम्जन सहकारीका पूर्व अध्यक्ष हुन् । उनी ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु राई (जीबी) का जेठान समेत हुन् । सूर्यदर्शन सहकारीको करिब डेढ अर्ब हिनामिना भएको रिपोर्ट प्रहरीले निकालेको थियो ।

सोही सहकारी ठगी प्रकरणमा ठगी अन्तर्गत ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ । मुख्य अभियुक्त जीबी राई अझै फरार छन् भने रास्वपा सभापति समेत रहेका रवि लामिछाने सहित केहीलाई धरौटीमा रिहा गरिएको छ।

केही अभियुक्त भने पुर्पक्षका लागि कारागार चलान भएका छन् । अध्यक्ष रहँदा बम्जनले एक करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । यद्यपि, उनले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको दाबी गरेका छन् ।

अदालतले मागेको धरौटी आइतबार नै बुझाएर बम्जन धरौटी तारेखमा छुटेको कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिएका छन् । मुद्दा परेपछि बम्जन फरार रहेकोमा आइतबार नै जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।

बम्जन सहकारीको अध्यक्ष हुँदा एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । सहकारीबाट अपचलन भएको कुल रकम एक अर्ब ५१ करोडको संयुक्त अभियोग पनि बम्जनमाथि छ ।

You may also like

This will close in 0 seconds