बुटवल ।क्यानन मावि बुटवलले तीजको सन्दर्भ पारेर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न गरेको गरेको छ । नगरस्तरीय र विद्यालयको तहगत तीज गायन तथा नृत्य र विद्यालयकै तहगत कविता प्रतियोगिताहरु सम्पन्न गरेको हो । विद्यार्थीहरुको अतिरिक्त क्षमताको प्रस्फु्टन तथा शिक्षण सिकाईलाई रचनात्मक बनाउने उदेश्यले विद्यालयले प्रतियोगितात्मक कार्यक्रमहरु गरेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । उनले विद्यालयमा पाठ्यक्रमसँगै अन्य प्रतिभा प्रस्फुटनको थलोका रुपमा विकास गर्ने प्रयत्न गरिएको बताए ।
आईतबार भएको विद्यालयस्तरीय तहगत तीज गायन तथा नृत्य प्रतियोगता सम्पन्न भएका छन् । कक्षा ७, ८ र ९ का विद्यार्थीहरुविच भएको प्तियोगितामा कक्षा ९ को जनक सेक्सन प्रथम भएको विद्यालयका सहप्रधानाध्यापक विष्णु प्रसाद न्यौपानेले बताए । उनका अनुसार प्रतियोगितामा कक्षा ९ को बुद्ध सेक्सन द्धितिय र कक्षा ७ को स्प्रिड समूह तृतीय भएको छ । यस्तै कक्षा ४, ५ र ६ का विच भएको प्रतियोगितामा कक्षा ६ को डायमण्ड प्रथम, कक्षा ४ को जुपिटर द्धितिय र कक्षा ६ को कोहिनुर तेस्रो भएका छन् । यसैगरी कक्षा १, २ र ३ तर्फ कक्षा २ को मुन सेक्सन प्रथम, कक्षा २ सन द्धितिय र कक्षा ३ को भेनस तेस्रो भएका छन् ।
विद्यालयले आईतबार प्लस टु र विद्यालय तहका विद्यार्थीहरुविच तीज गायन तथा नृत्य प्रतियोगिता गरेको हो । प्लस टु तर्फको प्रतियोगितामा सम्झना उचई, प्रशंसा राना, विनिता गुरूङ, एञ्जल शाहीको समूह प्रथम भएका छन् । यसैगरी नेस्मा गुरूङ, दिया विकको समूह द्धितिय, गायत्री क्षेत्री, आशिका अर्याल, सन्ध्या लुईटेलकोृ समूह तृतिय भएको प्लस टु म्यानेजमेन्ट इन्चार्ज पवन बसयालले जानकारी दिए । प्रतियोगिताको नृत्य प्रशिषक किशोर थापा र नेत्र डुम्रेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसअघि शुक्रबार भएको नगरस्तरिय तीज गायन तथा नृत्य प्रतियोगितामा गार्गी बोर्डिङ स्कुल प्रथम भएको थियो । यसैगरी देवसिद्द बोर्डिङ स्कुल द्धितिय, अन्नपूर्ण बोर्डिङ स्कुल तृतीय र एभरेष्ट बोर्डिङ स्कुल सान्तवना भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मिनराज गिरीले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयले क्रमश ५ हजार, ३ हजार, २ हजार १ हजार नगद सहित विभिन्न उपहारबाट पुरस्कृत गरिएको थियो ।
पुरस्कार विद्यालयका प्रधानाध्यापक शंकर भण्डारलिे प्रदान गरेका हुन् । यसैगरी सोही दिन अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरु भएको थियो । मावि तहको कविता प्रतियोगितामा कक्ष ९ का राजेन्द्र खड्का प्रथम, कक्षा १० का एलिना थापा दोस्रो र कक्षा ९ का आयुष्मा भुसाल तेस्रो भएको विद्यालयले जनाएको छ ।
यसैगरी नि मावि तहमा कक्षा ७ का आईदिन गौतम प्रथम, कक्षा ६ का आर्जु चन्द दोस्रो र कक्षा ६ कै दिया खड्का तेस्रो भएको शिक्षक विजय पराजुलीले जानकारी दिए । कार्यक्रमहरु प्लस टु तर्फ क्यानन प्लस टु र विद्यालय तहतर्फ इन्ट्रयाक्ट क्लब अफ क्याननले संयोजन गरेको थियो ।