दुई मोटरसाइकल जुध्दा पत्नीको मृत्यु, पति घाइते

by समतल अनलाइन
35Shares

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा शनिबार साँझ दुईटा मोटरसाइकल आपसमा जुध्दा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन् ।

दुर्घटनामा प९०६९ नम्बरको मोटरसाइकलको पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उनका ४८ वर्षीय श्रीमान प्रवीण श्रेष्ठ घाइते भएका छन् ।

गम्भीर घाइते कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ म्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । मोटरसाइकलमा ठोक्किएपछि बा प्र ०३–००५प ९०६९ नम्बरको मोटरसाइकल ना ७ ख ५०१० नम्बरको बसमा समेत ठोक्किएको थियो । मोटरसाइकल र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You may also like