रौतहटमा सुटकेशभित्र महिलाको शव

by समतल अनलाइन
61Shares

रौतहट । रौतहटको गौर–सिरसिया सडक खण्डअन्तर्गत मुडवालाबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख,प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

You may also like