आज यी स्थानमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
78Shares

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास (भारततर्फ) अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

आज (आइतबार) देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना छ ।

मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

You may also like