होटल ब्यवसायीहरुले मनाए तिज

by समतल अनलाइन
54Shares

बुटवल। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । वर्षभरि आफनो ब्यवसायमा ब्यस्त रहने ब्यवसायी महिलाहरुबिच शुभकामना आदानप्रदान तथा नाचगान गरि मनाएका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले तिजको महत्वलाई फरक ढंगबाट अपब्याख्या गरिएको दुखेसो गरे । पार्वतीको विद्रोहको कथा र व्रतको कारण श्रीमानको आयु नभई आफ्नै आयु बढने कुरा तीजको सन्देश दिने उनले बताईन । तिज एउटा संघर्षको दिनका रुपमा रहेको भन्दै उनले यो दिनलाई शुभकामना र मिठो खाने र नाच्ने दिनका रुपमा मनाउनुपर्ने बताईन । गितको माध्यमबाट अधिकार स्थापित गर्न, अधिकार प्राप्ति गर्न सफल भएको उनले दाबी गरिन ।

कार्यक्रम संयोजक मैनादेवि आचार्यले तिजको शुरुवातबारे प्रकाश गर्दै महिला अधिकारको विषयबारे प्रकाश पारिन । समयसापेक्ष तिज मनाउने प्रचलन परिवर्तन भएको भन्दै अब महिला अधिकारभन्दा माथि उठ्ने बेला आएको बताईन ।

कार्यक्रममा यक ब्रुअरी कम्पनी, यति डिष्ट्रिलरीका डिपुटी म्यानेजर प्रितम गिरिले स्वदेशमा नै गुणस्तरीय पेय पदार्थ उत्पादन गरि निर्यात गर्न सफल भएको बताए । ब्यवसायमात्र नभई सामाजिक उत्तरदायित्वमा समेत आफुहरु लागेको भन्दै उनले १७ देशमा पेयदार्थ तथा १४ देशमा वियर निर्यात हुँदै आएको उनले बताए । पर्यटन ब्यवसायमा रहेका ६ सय ब्यवसायीहरु फैक्ट्री भ्रमण गराउने समेत योजना रहेको उनले बताए ।

कार्यक्रम अध्यक्ष माधव कुमार खनालले संघको वार्षिक कार्यक्रम अन्तरगत तिजमा महिला ब्यवसायीहरुलाई दर खुवाउने परम्परालाई निरन्तरता दिएको बताए ।

कार्यक्रममा प्रमुख सल्लाहकार माधव प्रसाद नेपाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार तथा प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, सल्लाहकार समुन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, महासचिव केशव कंडेल, कोषाध्यक्ष अर्जुन पोखेरलले शुभकामना दिए ।

You may also like