46
बुटवल । दाङको भालुबाङस्थित एक होटलमा बसिरहेका दार्चुलाका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार मृतक महाकाली नगरपालिका–१ दार्चुला घर भएका ५२ वर्षीय जयधनसिंह बराल हुन् ।
बराल हिजो बेलुका भालुबाङ पुल्चोकमा रहेको न्यु थापा होटलमा बास बसेका थिए । तर आज राति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी आएको थियो ।
मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख पुष्करसिंह ऐरीले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ