आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

by समतल अनलाइन
56Shares

काठमाडौं । मनसुनी प्रणाली फेरि कमजोर भएको छ । मनसुनी प्रणाली कमजोर भएसँगै पानी पर्ने क्रम पनि घटेको हो।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ ।

बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले मनसुनको अवस्था कमजोर बनेको हो ।

You may also like