बुटवलमा मोटरसाइकलको ठक्करबाट घाइते युवाको मृत्यु

by समतल अनलाइन
139Shares

बुटवल । बुटवलमा मोटरसाइकलको ठक्करबाट घाइते ३१ वर्षीय युवाको उपचारको क्रममा ज्यान गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट घरका सुमोद श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार साउन २७ गते रातको करिब साढे ९ बजे बुटवलको तीनकुने चोक नजिकै श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

पैदल हिँडिरहेका उनलाई लु ७६ प ४९४६ नम्बरको मोटरसाइकलले ठक्कर ठक्करपछि गम्भिर घाइते भएका थिए । दुर्घटना लगत्तै उद्धारगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि बुटवलकै लुम्बिनी सिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ अर्घातोष निवासी ३१ वर्षीय दिनेश पाण्डे पनि घाइते भई लुम्बिनी सिटी अस्पतालमै उपचाररत रहेका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

You may also like

This will close in 0 seconds