56
काठमाडौं । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । आज (शुक्रबार) को न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।
उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतको अध्यक्षमा काजमा रहेका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुर सरुवा गर्न सिफारिस भएको छ ।