सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाले आफ्नो दोस्रो बोर्ड तथा साधारण सभा सम्पन्न गरेको छ। सैनामैना नगरपालिका–६ मा क्लबका अध्यक्ष लायन जीवन घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले क्लबलाई अझ प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको छ।
बैठकले सल्लाहकारमा लायन सरोज पन्थ, लायन युवराज कार्की, लायन विजय काफ्ले, लायन शिवराज पोख्रेल, लायन लेखनाथ गैरे, लायन रामप्रसाद बस्याल र लायन बाबुराम कंडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, क्लबको प्रेस सल्लाहकारमा दिपक न्यौपाने र टेल टुइस्टरको जिम्मा सल्लाहकार लायन युवराज कार्कीलाई दिने निर्णय गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए।
महिला महान् पर्व हरितालिका तीजको अवसरमा भदौ ६ गते शुक्रबार पारिवारिक तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
कार्यक्रमका प्रथम उपाध्यक्ष लायन चन्द्रप्रकाश बनको स्वागत र क्लबका सचिव ज्ञानप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न बैठकमा क्लबका वार्षिक कार्ययोजनाअन्तर्गतका विभिन्न सामाजिक गतिविधिलाई निरन्तरता दिने र युवामुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरिएको छ।