बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेका छन् ।
लिङदेनले उपप्रधान तथा गृहमन्त्री भइसकेका र राष्ट्रिय दलको अध्यक्ष रहेका व्यक्तिलाई कारागारमा सरुवा नदिएको विषय न्यायोचित नभएको पनि बताएका छन् ।
‘यो तहको मान्छे थुनामा रहँदा, मेरो पायक पर्ने ठाउँमा, मलाई सहज हुने ठाउँमा जान पाउँ भनेर माग्दा पनि वेवास्था गरिएको उहाँमार्फत नै थाहा पाएँ, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेको मान्छेलाई तपाईको रोजाई कहाँ हो भनेर सोध्नुपर्नेमा मागेको स्थानमा समेत जान नदिइनु राम्रो सन्देश होइन, यसप्रति विशेष ध्यान जानु पर्दछ’, उनले भनेका छन्।
अध्यक्ष लिङदेनले अरु विषयमा अहिले केही टिप्पणी नगर्ने बताएका छन् । सोमबार मानवअधिकार आयोगको टोलीसँग पनि लामिछानेले यही विषयलाई प्रमुखताका साथ उठाएका थिए । उनले अदालतले समेत कारागार सार्न स्वीकृत दिएसकेको अवस्थामा सरकारले रोकेको जनाएका छन् ।