लायन्स क्लब अफ बुटवल देउरालीद्वारा नयाँगाउँ माविमा आँखा शिविर सम्पन्न

by समतल अनलाइन
107Shares

बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीले रुपन्देहीको बुटवलस्थित नयाँगाउँ माध्यमिक विद्यालयमा आँखा शिविर सम्पन्न गरेको छ। विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा ६ सयभन्दा बढी विद्यार्थीको आँखा स्वास्थ्य परीक्षण गरिएको क्लबले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि पि.एन.जी.एफ. लायन्स बालराम भट्टराईले आँखा शिविरजस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद ज्ञापन गरे। उनले आँखा रोगका बिरामी दैनिक बढ्दै गएको भन्दै नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए। विद्यालयस्तरमै यस्ता शिविर सञ्चालन गर्नु जटिल रोगबाट बच्न महत्वपूर्ण कदम भएको उनको भनाइ थियो। साथै, लायन्स क्लबहरू निरन्तर यस्ता सामाजिक कार्यमा सक्रिय रहनुपर्नेमा पनि उनले जोड दिए।

क्लबका अध्यक्ष माधव राज पोखरेलले क्लबको वार्षिक कार्यक्रमअन्तर्गत आँखा शिविर सञ्चालन गरिएको बताए। बालबालिकामा आँखा सम्बन्धी समस्या बढ्दै गएकाले सचेतना स्वरूप यस कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।

कार्यक्रममा नयाँगाउँ माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, एरिया चिफ कृष्ण भट्ट पाण्डे, क्लबका अभिभावक गणेश भट्टराई, संस्थापक अध्यक्ष टिकाराम बन्जाडे, जोन चेयरपर्सन रमेश पाण्डे, पूर्व अध्यक्ष दीपक पन्थीलगायतले मन्तव्य राखेका थिए।

शिविरको उद्घाटन कार्यक्रममा क्लबका उपाध्यक्ष लाल प्रसाद बस्यालले स्वागत मन्तव्य राखेका थिए भने सचिव मनोहर न्यौपानेले सञ्चालन गरेका थिए। अध्यक्ष माधव राज पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

You may also like

This will close in 0 seconds