बुटवल।स्कलर्स होम बोर्डिङ सेकन्डरी स्कूलमा हरेक शुक्रबारीय कार्यक्रम अन्तर्गत कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका सह-प्राचार्य टीकाराम गौतम प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद भण्डारी विशिष्ट अतिथि रहनुभएको थियो। कक्षा १० की छात्रा प्रिन्सेस महतले कार्यक्रमको अध्यक्षता गरिन्।
प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका करिब ८० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए।
कक्षा ४ र ५ समूहमा रिदम गिरी प्रथम, बार्विका बञ्जाडे द्वितीय र प्रिन्सी भट्टराई तृतीय भए भने सान्त्वना स्थानमा अभिन्या भण्डारी र सफलता आचार्य रहे।
कक्षा ६ र ७ समूहमा सचेत पन्थी प्रथम, नेविसा भण्डारी द्वितीय, सुप्रिम अर्याल तृतीय तथा सान्त्वनामा आरुषी भण्डारी परे।
सिनियर समूहमा श्लेसा शर्मा प्रथम, एन्जिला बञ्जाडे द्वितीय र रीति भण्डारी तृतीय भए।
कार्यक्रम सञ्चालन दिलकुमारी उपाध्यक्ष र अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्रीले गर्नुभएको थियो। निर्णायकमा नेत्रप्रसाद भट्टराई, सावित्रा गौतम र सीता शाही रहनुभयो।
सो अवसरमा स्कलर्स होम साहित्य बाटिकाकी अध्यक्ष श्लेसा शर्माले विद्यालयमा छात्राहरूको समस्यालाई बुझ्दै कक्षामा उठाउने गरेको शुल्कले सेनिटरी प्याडको निःशुल्क व्यवस्था गरिएको र यसमा कक्षा शिक्षकको ठूलो सहयोग रहेको बताइन्।
विद्यालय संयोजक शोभारानी प्रधान, सुरेन्द्र थापा, सिर्जना गौतम लगायतका शिक्षक-शिक्षिकाले कार्यक्रमको सहजीकरण गरेका थिए। यस्ता कार्यक्रमहरूले विद्यार्थीको वाककला र साहित्यिक प्रतिभा विकासमा ठूलो योगदान पुर्याउने सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले बताए।