बुटवल।गौतमबुद्ध अन्तरास्ट्रीय क्रिकेट रंगशाला निर्माण समिती सैनामैना-७ देवापारले रूपन्देहीको तिलोत्तमामा निर्माणधिन एक्स्ट्रा टेक ओभल क्रिकेट स्टेडियमकाे अवलोकन गरेको छ।
आईतबार निर्माण समितीका पदाधिकारी र सञ्चारकर्मीको टोलीले नेपालकै पहिलाे फ्लडलाइट जडित स्टेडीयमकाे अवलोकन गरेको हो । सरकारी क्षेत्रबाट बन्न लागेका रंगशालाहरू अलपत्र अवस्थामा रहेको बेला एउटा व्यक्तिकाे पहल र लगानीमा कतिसम्म काम हुँदो रहेछ भनेर बुझ्नका लागी अबलोकन गरिएको निर्माण समितिका अध्यक्ष कृष्ण ज्ञवालीले जानकारी दिए।
उचित बजेट अभावले अलपत्र जस्तै अवस्थामा रहेको सैनामैना वार्ड नम्बर -७ मा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाइ सम्बन्धित निकायले बेवास्ता गरिरहँदा एउटा ब्यक्तिले भव्य रंगशाला निर्माण गरेको प्रत्यक्ष देख्दा आफु दङ्ग परेको बताए।
यस्तै समितिका उपाध्यक्ष खेमराज पोखरेलले सैनामैना नगरपालिका र वार्डनम्बर -७ ले रङ्गशालालाइ अलपत्र पारेको सुनाए । २,४ लाख बजेटले कुनै काम हुँदैन, नगरकै गहनाको रूपमा रहेको रङ्गशालालाइ सरकारी स्तरबाट पहल नगरिनु अत्यन्त दुखत कुरा हो , पोखरेलले एक्स्ट्रा टेक अबलोकन गर्दै भने – म सैनामैना नगरपालिकाका प्रमुख ज्यूलाइ एक पटक एक्स्ट्रा टेकमा आएर व्यक्तिको लगानी र चाहानाले बनेको रङ्गशाला हेरेर केही सिक्न आग्रह गर्छु ।
यस्तै समितिका सचिव बिष्णु पाण्डे सदस्य टेक वहादुर श्रीस, क्रिकेटप्रेमी आशिष ज्ञवाली लगायतले ठूलो संरचना एकैपटक निर्माण गर्न सम्भव नहुने भय प्रत्येक वर्ष बजेट सुनिश्चित गरेर काम गरे एक्स्ट्रा टेक जस्तै गौतम बुद्ध रंगशालाले मुहार फेर्ने बताए । झण्डै एक दशक अगाडि बाट निर्माण सुरु भयको गौतम बुद्ध रंगशाला ८ बिगाहा भन्दा बढी क्षेत्रफलमा फैलिएको छ भने डेढ करोड भन्दा बढी सरकारी लगानी भएकाे छ।यद्यपी पर्याप्त बजेटकाे अभाबले सैनामैनाकाे रंगशाला थलिएको समितिका पदाधिकारीहरुले गुनासो गरेका छन् भने एक्स्ट्रा टेककाे संरचना हेरेर धेरै कुरा सिकेको समेत बताए।