पाल्पा र दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

by समतल अनलाइन
57Shares

काठमाडौँ । पाल्पा र दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् ।

पाल्पा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेझाड डेरा गरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका-५ घर भएका २८ वर्षीय धन रासी विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दाङ, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ मसोट बस्ने ३६ वर्षीय हिमाल बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

You may also like