काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहीबार) रूपन्देही–३ का लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको छ । रास्वपाले साउन ७ देखि २७ गतेसम्म उम्मेदवारहरूको आवेदन आह्वान गरेको थियो ।
उक्त समय हिजो सकिएको थियो । आवेदन परेको आकांक्षीहरूको नामावली बिहीबार बिहान १० बजे सार्वजनिक गरिने रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् । उम्मेदवारीका लागि केन्द्रीय सदस्य कुसुम महर्जन, रूपन्देही–३ का क्षेत्रीय सभापति लगायतको आवेदन परेको छ ।
ती नामहरू उपर शुक्रबार र शनिबार दाबी विरोध आह्वान गरिएको छ । शनिबार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ । २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ ।
भदौ १२ र १३ गते तीन जना उम्मेदवारहरूको बीचमा प्रारम्भिक निर्वाचन गराइने र भदौ १५ गते उम्मेदवार तय गरिने रास्वपाले बताएको छ । रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।