249
			
		
		
			
            
				            
			
			        
    बुटवल।बुटवलस्थित नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दै ५६५ जना विद्यार्थी उतीर्ण भएका छन्।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार विज्ञान समूहतर्फ राजु यादव र व्यवस्थापन समूहतर्फ माधव खनालले ३.९४ ग्रेड प्वाइन्ट प्राप्त गर्दै विद्यालयमा सर्वाधिक अंक ल्याएका हुन्।
नतिजा वर्गीकरणअनुसार विद्यालयबाट ३.६१ देखि ४.०० जिपिए समूहमा २५ जना, ३.२१ देखि ३.६० मा १४० जना, २.८१ देखि ३.२० मा २५१ जना, २.४१ देखि २.८० मा १४६ जना र २.०१ देखि २.४० जिपिए समूहमा ३ जना विद्यार्थी रहेका छन्।
प्रधानाध्यापक बस्नेतले उत्कृष्ट नतिजाका लागि विद्यालयका शिक्षक, मेहनती विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
 
			        

 
												 
														

