33
बुटवल। बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिप्सन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन् ।
राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका हुन । विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरु मध्ये ३.९ जीपीए भन्दा बढि ल्याउने विद्यार्थी संख्या १० जना रहेका छन् ।
शुकदेव चौधरीको ३.९४,प्रशान्ता पोखरलको ३.९२, पियुस अग्रहरीको ३.९१, प्रशन्न पाण्डेको ३.९१, बिकल्प पाण्डेको ३.९, विनय शर्माको ३.९, हिरा कार्कीको ३.९, पियुस कार्कीको ३.९, प्रबल पोखरेलको ३.९ जीपीए रहेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार परीक्षामा सहभगाी विद्यार्थी मध्ये कुल कुल ९२ प्रतिशत विद्यार्थी ग्रेडेट भएका हुन ।