निर्णय सच्याउन माग गर्दै ग्रामिण लघुवित्त संस्थाका संस्थापक शेयरधनी महिलाले गुहारे गभर्नर

by समतल अनलाइन
50Shares

हरिश ढकाल
बुटवल
। ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी गर्न पुगेका छन् । संस्थापक शेयरधनी महिलाहरुले संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरि सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी गर्न पुगेका हुन् ।

संस्थापक शेयर सदस्य रहेका महिलाहरुले गत असार २८ गते सम्पन्न दशौं साधारण सभामा गरिएको निर्णय, आफुहरु माथि गरिएको दुब्र्यबहार र अपमानका बिरुद्ध आन्दोलन गर्दै आएका छन् । साधारण सभा परिसरमा भाडाका गुण्डा र हातहतियार सहितका प्रहरी परिचालन गरि सभाहल प्रबेशमा रोक लगाउदा आफुहरुलाई घोर अन्याय र शेयर सदस्यहरुको अवहेलना भएको उनिहरुको भनाई छ ।
विगतमा महिलाहरुको बैंक भनेर चिनिएको यो ग्रामिण लघुवित्तमा संचालक समितिमा कुनैपनि महिला सदस्य नराखिनु, साधारण सभामा संस्थापक शेयर सदस्यहरुलाई खबर नगरिनु, संस्थाले थेग्नै नसक्ने गरि आर्थिक भार पार्नु आदि कारणले संस्था धरासायी भएको र राष्ट्र बैंक समक्ष संस्थालाई बचाइदिन माग समेत गरेको संस्थापक शेयर सदस्य मिना भट्टराईले बताउनु भयो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. बिश्वनाथ पौडेललाई भेटेर शेयरधनी महिलाहरुले संस्थाको संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले आफुहरु माथि अन्याय गरेको भन्दै आवश्यक छानविन र कडा कारबाहीको माग गरेका हुन् ।

संचालक समिति र प्रमुख कार्यकारी अधिकृतले संस्थापक शेयरधनी महिलाहरुलाई गुमराहमा पारेर साधारण सभा गरेको, सभास्थल पटकपटक फेरेको, सभाहलमा पुगेका शेयरधनी महिलाहरुलाई दुब्र्यबहार र अपमान गरिएको र समस्त शेयरधनी, कर्मचारी र ग्राहकहरुको हित बिपरित मर्जरको निर्णय भएकोले आन्दोलनको कदम चाल्न वाध्य भएको उनिहरुले बताएका छन् ।

गभर्नर पौडेललाई ज्ञापन पत्र बुझाउदै पीडित शेयरधनीहरुले संचालक समिति र प्रमुख कार्यकारी कटुवालका कारण आफुहरु पीडित भएको र उनिहरु उपर छानविन र कारबाहीको आग्रह गर्दै मर्जरको निर्णय खारेजीको माग गरेका छन् । यसअघि पीडित शेयरधनिहरुले संस्थाको प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका थिए । लगत्तै नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवा पुगेर ध्यानाकर्षण पत्र बुझाएका पीडित शेयरधनी महिलाहरुले यहाँबाट पनि कुनै सुनुवाई नभएपछि राष्ट्र बैंकको केन्द्रिय कार्यालय पुगेका हुन ।

ज्ञापनपत्रमा तोक लगाउदै गभर्नर पौडेलले आवश्यक छानविन गरि दोषी ठहर भएमा कारबाही गरिने आश्वासन् दिनुभएको संस्थापक शेयरधनी महिला सदस्य कल्पना शाक्यले बताउनु भयो । बिभिन्न खालका जालझेल र छलछाम गरि राष्ट्रिय स्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय सान्दर्भिक नभएकोले तत्काल खारेज गर्न माग गर्दै शेयरधनी महिलाहरुले संचालक समितिलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् । शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तिय संस्था लि.सँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको भन्दै तत्काल खारेज गर्न अपिल गरेका हुन् ।

ज्ञापनपत्र बुझाउदै संस्थापक महिला शेयरधनी तथा पुर्व संचालक जमुना ढकालले संचालक समितिले छलछाम र जालसाजी गरि अन्यायपुर्ण ढंगले साधारण सभा गरेको बताउनु भयो । अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरि अन्यायपुर्ण निर्णय गरेको जानकारी गराउदै लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी ढकालले कथित साधारण सभाको निर्णय तत्काल सच्याउन माग गर्दै आउनु भएको छ ।
ढकालले भन्नुभयो—“हामी राष्ट्रबैकको मर्जर प्रक्रियाको विरोधी होइनौ तर समान हैसियतको बैक वा बित्तिय संस्थासँग मर्जर गरिनु पर्ने, आफ्नो निजि स्वार्थका लागि सो मर्जर प्रक्रिया गर्न खोजिएको प्रस्ट देखिन्छ ।” यहि भाद्र ५ सकिदै गरेको संचालक समितिको समयावधी र आफ्नो समयावधी स्वतः थप गर्नका लागि मात्र मर्जर गर्न खोजिएको हो, यो संस्थाको हितमा नभएको कुरामा पुर्व संचालक ढकालले जोड दिनुभयो । नेपाल राष्ट्र बैंकले सिईओ कटुवाललाई आफ्नो कार्यशैली सच्याउन भन्दै पटक पटक नैसियत पत्र पठाई कारबाही गरेको जानकारी गराउदै ढकालले यस्तो ब्यक्तिलाई संस्थाको जिम्मा लगाउन नहुने धारणा ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो—“पटकपटक स्थान परिवर्तन गरेर, अधिकांश महिला शेयरधनी र कर्मचारीहरुलाई गुमराहमा पारेर गर्न खोजेको के हो ? एकातिर बोलाएर एकातिर साधारण सभा गर्ने, प्रबेशका लागि छुट्टै पासको ब्यबस्था गरेर झुक्याउने, १० हजार भन्दा बढि शेयर सदस्य भएको संस्थाको साधारण सभा होटेलको पाँचौं तलामा १०÷१५ जना बसेर गर्ने ? यो सरासर गलत हो, निर्णय सच्याउनु पर्छ ।” शेयरधनी ढकालले आफुहरुको माग सुनुवाई नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।

शेयरधनी महिला पुनम लिगलले भन्नु भयो—“नेपाल राष्ट्र बैंकलाई समेत गुमराहमा पारेर गरिएको सामान्य एउटा बित्तिय संस्थाको साधारण सभामा हातहतियार गोलीगट्टा सहितका प्रहरीहरु तैनाथ गरेर, संस्थासँग असम्बन्धित ब्यक्तिहरु भाडामा ल्याएर गुण्डागर्दी शैलीमा सभास्थललाई घेराबन्दी गरेर, कर्मचारी र शेयरधनीहरुलाई प्रबेशमा रोक लगाएर के गर्न खोजिएको हो ?” संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमाथि तत्काल छानविन गरि कारबाही उहाँले माग गर्नुभएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कटुवालले हालै ५५० जना कर्मचारी नियुक्ती गर्दा गैरकानुनी र अपारदर्शी ढंगले भर्ना गरेको, महंगा गाडी खरिद गरेको, आदी विषयमा छानविन हुनुपर्ने पनि माग गरेका छन् । संस्थाको संचालक समितिको बैठक केन्द्रिय कार्यालय बुटवलमा नगरि काठमाडौंका तारे होटेलहरुमा गर्ने, प्रमुख कार्यकारी अधिकृत काठमाडौं जाँदा आफु जहाजबाट जाने र गाडी सडक मार्गबाट पठाउने गरेको लगाएत संस्थाको हित बिपरित आर्थिक अपचलन गरेको, तत्काल मर्जर नगरे संस्थालाई पिसिए लाग्छ भन्दै धम्काउने गरेको आरोप पनि लगाएका छन् ।

You may also like