माओवादी केन्द्रले नेताहरूलाई चेतावनी – नेतृत्वविरुद्ध बोल्न रोक

by समतल अनलाइन
64Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूलाई पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन सचेत गराएको छ ।

सोमबार सम्पन्न पार्टी स्थायी समिति बैठकले नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन पार्टी नेता कार्यकर्ताहरूलाई सचेत गराएको हो ।सचिव हरिबोल गजुरेलले पार्टीका नेताहरूमा संगठनात्मक अराजकता र नेतृत्वका बिरूद्ध जथाभावी अभिव्यक्ति दिने क्रम बढेपछि स्थायी समिति बैठकले यो निर्णय गरेको बताए ।

‘विधि, पद्धति र पार्टी अनुशासन विपरित गएर नेतृत्व विरुद्ध जथाभावी बोल्ने क्रम बढ्यो,’ गजुरेलले भने, ‘नेताहरूलाई त्यसरी नबोल्न सचेत गराउने निर्णय बैठकबाट भएको छ । जनार्दनजीलाई पनि सचेत गराइएको छ ।’

उपहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टीमा समस्या आएको बताउँदै आएका थिए । पार्टीका अरू नेताहरूले प्रचण्डमाथि प्रश्न गरेको भनेर शर्माको आलोचना गरिरहेका थिए ।

You may also like