भ्रष्टाचार अभियोगमा मर्चवारीका वडाध्यक्षसहित दुईजनाविरुद्ध मुद्दा दायर

by समतल अनलाइन
60Shares

भैरहवा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवसहित दुईजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार वडाध्यक्ष यादवले विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको आरोप छ। उनले उक्त रकम गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेयमार्फत लिन लगाएका थिए।

पाण्डेयले घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए। आयोगले अनुसन्धानपछि दुवैजनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।

आयोगले सार्वजनिक पदमा बसेर सेवाग्राहीबाट अनुचित लाभ लिने कार्यलाई गम्भीर रुपमा लिँदै आएको जनाएको छ।

You may also like