सिद्धबाबामा ढुङ्गा खस्दा सडक पूर्ण अवरुद्ध

by समतल अनलाइन
90Shares

बुटवल। पाल्पाको सिद्धबाबा क्षेत्र अन्तर्गत सिद्धार्थ राजमार्ग सोमबार बिहानबाट पूर्ण रूपमा अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण सडकको तीन स्थानमा ढुङ्गा खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवलतर्फ आउन खोजेका सवारी साधनहरू दोभानमा रोकिएका छन् भने बुटवलबाट पाल्पातर्फ जान लागेकाहरूलाई गोलपार्कमै रोकिएको छ ।

दोभान प्रहरी चौकीका इन्चार्ज सही रोमबहादुर केसीका अनुसार, निरन्तरको वर्षाले जोखिम कायमै रहेकाले पानी रोकिएपछि मात्र जेसीबी प्रयोग गरेर ढुङ्गा हटाउने काम सुरु गरिनेछ ।

प्रहरीले अत्यावश्यक कामबाहेकका यात्राहरू टार्न सबैलाई आग्रह गरेको छ । पहिरोको उच्च जोखिम रहेका कारण थप सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

You may also like