महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा सवारी आवागमन रोकियो

by समतल अनलाइन
166Shares

कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव तीव्र रुपमा बढेपछि शारदा ब्यारेज भएर हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार लगातारको वर्षाका कारण नदीको सतह अत्यधिक बढेको हो।
‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि सवारी रोक्ने व्यवस्था हुन्छ,’ उनले बताए, ‘आज बिहान ८ बजे नदीको बहाव एक लाख नौ हजार ९८० क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको हो।’

सुरक्षाको दृष्टिकोणले यस्तो निर्णय लिइएको बताइएको छ। अत्यधिक बहावका बेला ब्यारेज पार गर्न जोखिम हुने भएकाले आवागमन पूर्ण रूपमा रोकिएको जनाइएको छ।

You may also like