73
बुटवल।नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि एक वर्षले थप गरिएको छ। अब यो आयोजना २०८३ साल श्रावण ७ गते (तदनुसार २३ जुलाई २०२६) भित्र सम्पन्न गर्नु पर्नेछ।
हालसम्म उक्त आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। निर्माणको बाँकी कार्यलाई तीव्रगतिमा सम्पन्न गर्ने योजना अनुरूप सम्बन्धित निकाय तथा निर्माण कम्पनीहरु जुटेका छन्। म्याद थपसँगै आगामी एक वर्षभित्र सम्पूर्ण काम सम्पन्न गरी सडक सञ्चालनमा ल्याइने विश्वास गरिएको छ।
परियोजना कार्यान्वयनमा आएको ढिलाइ, मौसमी समस्या, डिजाइन परिमार्जन तथा केही भूगर्भीय चुनौतीका कारण समय थप गर्नु परेको हो। अबको अवधिमा गुणस्तरीय निर्माण कार्य सुनिश्चित गर्दै समयमा नै आयोजनाको काम सक्ने प्रतिबद्धता सम्बन्धित पक्षले व्यक्त गरेका छन्।